January 1st, 1970
Shree Sharada Secondary School
Batakachaur-03 Kisimkot, Bareng Baglung

विद्यालयद्वारा श्रध्दाञजली सभा सम्पन्न



श्री शारदा माध्यमिक विद्यालय बरेङ ३, किसिमकोट, बाटाकाचौर बागलुङले विद्यालयका सल्लाहकार समिति सदस्य गंग बहादुर भण्डरिकि आमा स्व. मनुदेवी भण्डारिको सम्झनामा शोक सभा गरको छ ।

मिति २०७९ पौष १९ का दिन भएको मनुदेवी भण्डारिको मृत्यले विद्यालय परिवार स्तब्ध भएको र उक्त दुखद घडिमा दिवंगत आत्माको चिर शान्ती र बैकुण्ठवासको कामना गर्दै विद्यालयका प्रधानाध्यापक देबिदत्त पौड्यालको नेतृत्वमा शिक्षक चेतनाथ पौडेल, शिक्षक सुर्य प्रसाद सुबेदी, शि. अ. सं. सदस्य गिता खत्री सहितको विद्यालय प्रतिनिधिहरुको समुहले बरेङ ३, लिग्दी स्थित भण्डारी निवासमै पुगेर शोकसभा गरेको हो । 

कार्यक्रममा स्व. मनुदेवी भण्डारिको सम्झनामा एक मिनटको मौन धारण गर्नुको साथै शोक सन्देस वाचन पनि गरिएको थियो ।

Newsletter

Features, releases, showcase… stay in the loop!