January 1st, 1970
Shree Sharada Secondary School
Batakachaur-03 Kisimkot, Bareng Baglung

बरेङ गाउँपालिकाका विद्यालयहरूको आआफ्नै वेबसाइट



बागलुङ जिल्लाको बरेङ गाउँपालिका अन्तर्गत रहेका माध्यमिक तथा निम्न माध्यमिक (आधारभूत) विद्यालयहरुले आज देखि आफ्नै बेवसाइट सञ्चालनमा ल्याएका छन् । आज बरेङ गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयमा आयोजित "बरेङ गाउँपालिका अन्तर्गतका मा.वि. विद्यालयहरुलाई वेवसाइट हस्तान्तरण तथा वेवसाइट प्रयोगबारे अभिमुखीकरण" कार्यक्रममा कार्यालयका सूचना प्रविधि अधिकृत राजन कार्कीले सम्बन्धित विद्यालयका शिक्षकहरुलाई वेभसाइट अपडेट सम्बन्धी तालिम र वेबसाइट सम्बन्धी आवश्यक सूचना प्रदान गरी सो कार्यको सुरुवात गरिएको हो । हालसम्म विद्यालयहरुले आफ्ना सूचना प्रवाह गर्ने क्रममा अनाधिकृत फेसबुक आइडी र अन्य माध्यमहरूको प्रयोग गर्दै आएकोमा अब सम्पूर्ण विद्यालयले आफ्नो सुचना प्रवाह विश्वव्यापीरुपमा वेबसाइटमार्फत गर्नेछन् । विद्यालयको आफ्नो वेबसाइट सञ्चालन हुने र सूचना प्रविधिमार्फत विश्वव्यापी सञ्चालमा जोडिने कुराले आफू उत्साहित रहेको श्री शारदा माध्यमिक विद्यालयका शिक्षक श्री सूर्य प्रसाद सुवेदीले बताउनु भयो।


          विद्यालयको वेवसाइटमा विद्यालयका नियमित कार्यक्रमहरु, विद्यालयमा पठनपाठन हुने पाठ्क्रम हरु, विद्यालयका सिक्षक तथा कर्मचारीहरूको विषयमा आवश्यक जानकारीहरु, विद्यालयका सूचना र जानकारीहरु तथा विद्यालयका विद्यार्थी र शिक्षकहरुले गर्ने सिर्जनात्मक कार्य हरु लाई नियमित रुपमा प्रकाशन गरिनेछ ।


Newsletter

Features, releases, showcase… stay in the loop!