January 1st, 1970
Shree Sharada Secondary School
Batakachaur-03 Kisimkot, Bareng Baglung

उपलब्धी मापन परीक्षाको पुर्व तयारि पुरा



    रेङ गाउँपालिकाले २०७७ साल चैत्र १४ गते लिन गइरहेको गाउँपालिका स्तरीय उपलब्धि मापन परीक्षाको पूर्वतयारी शारदा माध्यामिक विद्यालयले पूरा गरेको छ । गाउँपालिका स्तरमा हुनगईरहेको उपलब्धि मापन परीक्षाको लागि प्रत्येक वडामा रहेका माध्यमिक विद्यालयहरूलाई परीक्षाकेन्द्र तोकिएकोमा बरेङ गाउँपालिका वडा नम्बर ३ का लागि श्री शारदा माध्यमिक विद्यालय परीक्षा केन्द्र तोकिएको हो । उक्त परीक्षा केन्द्रमा माध्यमिक तहका विद्यालय अन्तर्गत बाट एक विद्यालय, आधारभूत तह (१-८) का ३ विद्यालय र प्राथमिक तहका ३ विद्यालयका कक्षा ४, ७ र ९ का विद्यार्थीहरु सहभागी हुनेछन् । परीक्षा विषयगत रुपमा हुनेछ जसअन्तर्गत कक्षा ४ को नेपाली विषय, कक्षा ७ को गणित विषय, कक्षा ९ को अंग्रेजी विषयको परीक्षा लिइने छ ।

        परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र उत्तरपुस्तिका लगायतका सामग्रीहरु गाउँपालिकाले व्यवस्था गर्नेछ भने उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन पनि गाउँपालिकाले नै गर्नेछ । नतिजामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थी विषयशिक्षक र विद्यार्थीका अभिभावकहरूलाई गाउँपालिकाको तर्फबाट पुरस्कृत गरिनेछ ।

Newsletter

Features, releases, showcase… stay in the loop!