रेडियो बिहानीबाट आज फागु १५ गतेका दिन संचालित विषयगत हाजिरीजवाफ प्रतियोगितामा श्री शारदा माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ । बरेङ गाउँपालिका र रेडियो बिहानी को संयुक्त आयोजनामा प्रत्येक शनिबार सञ्चालन हुने हाजिर जवाफ प्रतियोगिता विषयगत रुपमा सञ्चालन हुने गर्दछ जसअन्तर्गत आजको कार्यक्रम कक्षा 3 को नेपाली विषयमा आधारित थियो । उक्त प्रतियोगितामा श्री शारदा माध्यमिक विद्यालय बरेङ ३ किसिमकोट बाटाकाचौर मा कक्षा 3 मा अध्ययनरत छात्रा सन्जिता पौडेल प्रथम हुन सफल भएकी छन् । विजेता विद्यार्थीलाई बरेङ गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको तर्फबाट नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरिनेछ ।
सो अवसरमा विद्यालयको तर्फबाट प्रधानाध्यापक श्री देवीदत्त पौड्यालले फेसबुक पोष्ट मार्फत विद्यार्थीलाई बधाई दिनुभएको छ ।