January 1st, 1970
Shree Sharada Secondary School
Batakachaur-03 Kisimkot, Bareng Baglung

नवागन्तुक शिक्षकहरुलाई विद्यालयमा स्वागत



शिक्षक सेवा आयोगले लिएको परिक्षामा सफल भई भर्खरै सेवा प्रवेश गरी बरेङ गाउँपालिका बाट श्री शारदा माध्यमिक विद्यालयमा पदस्थापन भई आएका ३ जना शिक्षकहरुलाई श्री शारदा माध्यमिक विद्यालयले आज विद्यालयमा स्वगत गरेको छ ।

मिति २०७९/१०/२५ मा बरेङ गाउँपालिका बाट पदस्थापनको पत्र बुझेका निम्न माध्यमिक तहका  ३ जना शिक्षकहरु श्री टिका थापा, श्री चित्र रेखा कुमारी पंजियार र श्री कल्पना क्षत्रीलाई आज बिद्यालयमा बि ब्य स सदस्य श्री पार्वती खत्री र प्रधानाध्यापक श्री देवीदत्त पौड्यालले अबिर तथा फुलमाला प्रदान गरी स्वागत गरीएको हो । सो अवसरमा नवागन्तुक शिक्षकहरुलाई विद्यालयमा कार्यरत शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको तर्फबाट समेत स्वागत गरिएको थियो ।

विदद्यालयमा रिक्त निम्न माध्यमिक तहमा  क्रमश अंग्रेजी, सामाजिक र विज्ञान विषयमा नियुक्त शिक्षकहरुको आगमनले विद्यालयको शैक्षिक प्रगतीमा थप टेवा पुग्ने विस्वास व्यक्तगर्दै प्रधानाध्यापक तथा अन्य शिक्षकहरुले नन‍वागन्तुक शिक्षकहरुसंग सहज, प्रभावकारी  र रमाईलो सहकार्य गर्ने कुरा व्यक्त गर्दा नवागतन्तुक शिक्षकहरुको तर्फबाट शिक्षक कल्पना क्षेत्रीले आफुहरुको ज्ञान सिप र क्षमताले भ्याएसम्म विद्यालय र विद्यार्थीहरुको शैक्षिक हितकालागि काम गर्ने बताउनु भयो ।




Newsletter

Features, releases, showcase… stay in the loop!