January 1st, 1970
Shree Sharada Secondary School
Batakachaur-03 Kisimkot, Bareng Baglung

Historical Background Of School



बाग्लुङ जिल्लाको दक्षिण भेगमा अवस्थित श्री शारदा मा. वि बरेङ गाउँपालीका वडा नं. ३ बाटाकाचौरको एैतिहासिक पृष्टभुमी यसप्रकार रहेको छ ।

‘शिक्षाको ज्योती वाल्न सकेमा शिक्षाको दिगो विकाश सम्भव छ’ । शिक्षा लिनु राष्ट्रका हरेक नागरिकको मौलिक अधिकार हो ।  यसैलाइ मनन  गरि बाग्लुङ जिल्लाको अति दुर्गम स्थल तथा पिछडिएका जात जातिहरुको बाहुल्यता रहेको स्थल बाटाकाचौरमा स्थानिय समाजसेबि तथा शिक्षाप्रेमीको रुपमा चिनिने ब्यत्तित्वहरु पं. श्री वेणिमाधव न्यौपाने, स्व. टिकाराम गौतम, स्व. सु. जग बहादुर श्रीस, स्व. सहविर श्रसि लगायतका ब्यत्तिहरुको बलिदानिमा तथा खनाल बन्धुहरुको भुमि उपलब्धताको अबस्था पश्चात सल्लाघारीको बिचमा रहेको बटाकाचौरमा अबस्थित श्री शारदा मा. वि एक उच्च एवं महत्वपूर्ण शैशिक निकाय हो ।

अतिरमणिय किसिमकोट सल्लाधारीको बिचमा सत्यवति मन्दिरको न्यानो काख ममतामयी आमाको हृदयरुपि छातीवाट दुग्धधारा बगेजस्तो बहने हुग्दी खोला र खाल्लेखोलाको विचमा उठेको टापुजस्तो धरातलमा अवस्थित यस बिद्यालयमा यस भेगका गरीव तथा पिछडिएका जात जातिका छोराछोरीहरुले घरमै बसी खाना खाएर बालकक्षा देखि कक्षा १२ सम्मको शिक्षा सरल र सहजरुपमा हाँसिल गर्ने वातावरण सृजित भएको छ र

२०३४ सालमा मा. वि. सञ्चालन गर्ने लक्ष्यले एल आकारको ८ कोठे भवन निर्माण गरी जनविन्दु नि.मा.वि. का नामवाट कक्षा ४–७सञ्चालन भएको थियो प्रा. वि तह स्थायी नहुदा नि.मा.वि. तह स्वीकृत लिन नसकिने भएकाले २०२३ सालमा बाटाकाचौर १ खाल्ले चौपारी भिरकुनामा अवस्थित श्री शारदा प्रा. वि लाइ यस ठाँउमा स्थानान्तरण गरिएको थियो । सोहि अनुसार २०३७ सालमा नि.मा.वि. स्विकृत भएको थियो भने २०४४ साल पौष १ देखि प्रस्तावित मा.वि. सञ्चालन भएकोमा २०४७ सालमा एस.एल.सि. परिक्षामा प्रथमपटक सम्मिलित हुने मौका पायो । २०५२ सालमा मा.वि. स्थिाई स्विकृती भएकोमा ल २०६६ सालदेखि १०+२ को स्विकृती लिइ उच्च मा.वि. सञ्चालन हुदै हालसम्म  आठौ व्याच पार गरीसकेको छ भने विगत ८ बर्षदेखी एस.एल.सि. परिक्षा केन्द्र कायम भै परिक्षा मर्यादित ढंगवाट संचालन गर्दै आएको छ ।

Newsletter

Features, releases, showcase… stay in the loop!