January 1st, 1970
Shree Sharada Secondary School
Batakachaur-03 Kisimkot, Bareng Baglung

बागलुङ सहित २० जिल्ला कोरोनाको रेडजोनमा



काठमाडौं । काठमाडौं उपत्यकासहित देशका २० वटा जिल्ला कोभिड–१९ संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’मा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी र १९ जिल्लामा २०० भन्दा बढी रहेको छ ।रेड जोनमा पर्नेमा काठमाडौं उपत्यकाका तीनसहित झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेत छन् ।शनिबार (हिजो)सम्मको तथ्यांकानुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको छ ।त्यस्तै, कोभिड संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।

हाल काठमाडौं उपत्यकामा नौ हजार २७८ सक्रिय संक्रमित रहेका मन्त्रालयको तथ्यांक छ ।





Newsletter

Features, releases, showcase… stay in the loop!