January 1st, 1970
Shree Sharada Secondary School
Batakachaur-03 Kisimkot, Bareng Baglung

विजयी विद्यार्थीहरुलाई विद्यालयमा भव्य स्वागत



फागुन १०,

किसिमकोट, बाटाकाचौर, बागलुङ

श्री शारदा माध्यमिक विद्यालय बरेङ ३ बाटाकाचौर बागलुङले आज विद्यालयमा आयोजित एक कार्यक्रमका विच बरेङ गाउँपालिकाद्वारा मिति २०७९ फागुन १० मा बरेङ बजारमा आयोजित चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यालयले ४ स्वर्ण, ४ रजत र ८ कास्य पदक जितेको थियो । बरेङ गउँपालिका भरका विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा विद्यालय कुल पदक तालिकाको आधारमा पालिका स्तरमा तेस्रो स्थान प्राप्त गर्न सफल श्री शारदा माध्यमिक विद्यालयले ४*४०० मि रिले दौड छात्र, भलिबल छात्र, ४०० मि दौड छात्र र ८०० मि दौड छात्रमा स्वर्ण, १५०० मि दौड छात्र रछात्रा दुबै, ट्रिपल जम्प छात्र  २०० मि दौड छात्रमा रजत तथा ४*१०० मि रिले दौड छात्रा, ४*४०० मि रिले दौड छात्र, भलिबल छात्रा, ४०० मि दौड छात्र, ८०० मि दौड छात्रा र लङजम्प छात्रमा कास्यपदक जितेको थियो ।

प्रतियोगितामा सहभागी तथा विजयी विद्यार्थीहरुलाई सम्मान तथा स्वागत गर्न आयोजित कार्यक्रमको सञ्चालन शिक्षक श्रीचेतनाथ पौडेलले  गर्नु भएको थियो भने  शिक्षक श्री रामचन्द्र बि क र प्रधानाध्यापक श्री देविदत्त पौडेलले बधाई तथा शुभकामना दिनु भएको थियो । 

Newsletter

Features, releases, showcase… stay in the loop!