January 1st, 1970
Shree Sharada Secondary School
Batakachaur-03 Kisimkot, Bareng Baglung

प्र अ द्वारा धन्यवाद ज्ञापन



श्री शारदा माध्यमिक विद्यालायका प्रधानाध्याक देविदत्त पौड्याल ले हिंजो विद्यालयमा आयोजित कार्यक्रम ससम्पन्न गर्न  सहयोग गर्ने सबैलाइ धन्यवाद ज्ञापन गर्नु भएको छ ।

  साविक श्री शारदा माध्यमिक विद्यालय श्रोत केन्द्र बरेङ ३ बाटकाचौर बागलुङले २०७७/१२/१० गतेका दिन बरेङ गा पा अध्यक्ष श्री कृष्ण प्रसाद शर्माको प्रमुख आतिथ्यता र बरेङ गा पा उपाध्यक्ष श्री डिल कुमारी पुन, प्रमुख प्रशासकिय अधिकृत श्री रमेश थापा, शिक्षा अधिकृत श्री सुर्य प्रसाद शर्मा र श्रोत ब्यक्ति श्री यज्ञ प्रसाद न्यौपानेको बिशेष आतिथ्यतामा श्रोत केन्द्र अन्तर्गतका विद्यार्थी हरुलाइ पुरस्कार वितरण तथा वि व्य स अध्यक्ष र शिक्षकहरुलाइ अभिन्नदन गरेको छ ।

  कार्यक्रममा १५ विद्यालयमा अध्यनरत १८ जना विद्यार्थिहरुलाइ जनहि नगद रु. ५००। का दरले पुरस्कार वितरण गरिएको थियो भने एक जना वि ब्य स अध्यक्ष र ९ जना प्र अ तथा शिक्षकहरुलाइ  अभिनन्दन गरिएको थियो ।

स्रोत केन्द्रको उक्त कार्यक्रम श्री शारदा माध्यमिक विद्यालयमा आयोजना गरिएको थियो । सोहि अवसरमा कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि, विशेष अतिथि, बिभिन्न विद्यालयका प्र अ हरु, विद्यार्थीहरु र कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई श्री शारदा माध्यमिक विद्यालयका प्रधानाध्यापक देविदत्त पौड्यालले सबैलाइ धन्यवाद ज्ञापन गर्नु भएको हो ।

Newsletter

Features, releases, showcase… stay in the loop!