January 1st, 1970
Shree Sharada Secondary School
Batakachaur-03 Kisimkot, Bareng Baglung

बिहानी क्विजमा शारदा मा वि विजयी



फागुन ५

बरेङ-३, बाटाकाचौर

बरेङ गाउँपालिका र रेडियो बिहानि 89 मेगाहर्जको संयुक्त प्रयासमा सञ्चालित कार्यक्रम बिहानि क्विजको आजको शृङ्खलामा श्री शारदा माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी मनिष आचार्य विजयी भएका छन ।

आज मिति २०७९/११/०५ को विहानी क्विजको सन्धाकालिन कार्यक्रममा कक्षा ८ को सामाजिक अध्ययन तथा जनसंख्या शिक्षा विषयक रेडियो प्रतियोगिता मा फोन मार्फत बरेङ गाउँपालिका भरका कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थी हरु समम्लित भएकोमा ५ मध्य ४ प्रश्नहरुको सहि जवाफ दिने विद्यर्थीहरु मध्यबाट कार्यक्रमको नियमानुसार गोला प्रथाद्वारा बिजेता छनौट गर्ने क्रममा शारदा माध्यमिक विद्यालयका विद्यार्थी छनौट भएका हुन । कार्यक्रममा बिजेता हुने विद्यार्थी तथा सम्बन्धित विषयका विषयशिक्षकलाई प्रधानाध्यापक श्री देवीदत्त पौड्यालले बधाई दिनुभएको छ ।

कार्यक्रमका विजेतालाई बरेङ गाउँपालिको तर्फबाट नगद रु. ५००। र विद्यालको तर्फबाट पनि नगद रु. ५००। पुरस्कार प्रदान गरिने छ । कार्यक्रम रेडियो बिहानि 89 मेगाहर्जबाट हरेक दिन बिहान ७ बजे देखी ८ बजेसम्म र साँझ ७ बजे देखी ८ बजेसम्म फरक फरक कक्षा र विषयमा आधारित रहेर सञ्चालित हुने गर्दछ ।

Newsletter

Features, releases, showcase… stay in the loop!